भरतपुर अस्पताल कोभिड ल्यावमा गरिएको कोरोना परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाका अनुसार आज गरिएको ३८८ नमुना परिक्षणमा १७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनिहरु मध्ये चितवनको भरतपुर महानगरपालिकाका वडा नं. ३, १०, ११, १२ र १५ नं.का २ जना पुरुण र ७ जना महिला, रत्ननगर नगरपालिका वडा नं. ५, १० का १ जना महिला र १ जना पुरुष तथा राप्ति नगरपालिका वडा नं. २, ८ का २ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै मकवानपुरको हेटौडा र नवलपुरको गैडाकोटका १–१ जना महिलामा पनि कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार