चितवनमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणमा चितवनका २९ सहित अन्य जिल्लाका संक्रमित सहित ४३ जनामा संक्रमण देखिएको छ ।
प्रयोगशालाको विवरण अनुसार भरतपुर महानगरपालिकाका १७ जना पुरुष, १० जना महिला र खैरेनीका १ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको हो । यस्तै तनहुँ र झापाका २–२ महिला तथा नवलपुर, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, बाग्लुङ र बाराका १–१ जनामा कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार