चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको १४५ नमुना परिक्षण मध्ये २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुर महानगरपालिकाका मात्र ७ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिकामा ७ प्रहरी र एक बालक सहित एकै पटक १७ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर महानगरपालिकाको वडा नं. ५, ६, ८, १०, १२ र १८ नं. वडाका ७ जना पुरुष र ४ जना महिलामा कोरोना पुष्टि भएको हो । संक्रमित पुरुषहरुको उमेर २३ देखी ५२ रहेको छ भने, महिलाहरुको उमेर भने ३१ देखी ५५ वर्ष रहेको भरतपुर अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

हालसम्म कोरोना भाइरसका कारण विश्वभर ९ लाख २८ हजार बढिको मृत्यु


यस्तै चितवनको कालिका नगरपालिका वडा नं. ८ र ३ का ५ पुरुष र ५ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । २ वर्षका बालक सहित संक्रमित पुरुषको उमेर ४६ वर्ष र ४ वर्षकी बालिका सहित संक्रमित महिलाको उमेर ४१ वर्ष सम्म रहेको छ । चितवन कै रत्ननगर नगरपालिका २ का ३१ वर्षीय एक पुरुष र इच्छामनकामना गाँउपालालिका वडा नं.५ का ६ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको उमेर २४ देखी ५१ वर्ष रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार