चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको ४४६ नमुना परिक्षण मध्ये ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुर महानगरपालिकाका मात्र ५० जना पुरुष र २३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसका कारण विश्वभर ९ लाख १९ हजार बढिको मृ-त्यु


भरतपुर महानगरपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ९, १०, ११, १२ र १५ नं. वडामा सवैभन्दा धेरै संक्रमितहरु फेला परेका छन् । संक्रमितहरु ३ वर्षीय बालक सहित ९० वर्षीया वृद्ध समेत रहेका छन् । महिलाहरुको उमेर १५ देखी ५२ वर्ष रहेको छ । यस्तै रत्ननगर नगरपालिकाको वडा नं. १३ र १५ का ११ वर्षीय बालिका सहित ४९ वर्षीय एक महिलामा पनि कोरोना देखिएको छ ।

मन्त्रीपरिषद बैठक आज बस्दै, विद्युत प्राधिकरणमा कुलमानको यात्राको टुंगो आजै लाग्ने


खैरहनीका १ का २ पुरुष र २ महिला गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कालिकाको वडा नं.२, ७, ८ का ६ पुरुष र २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार