चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको नमुना परिक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनको भरतपुर महानगरपालिकाका १२ जना पुरुष र ९ जना महिला, कालिकाका ५ पुरुष र ४ महिला, खैरहनिका १ जना पुरुष र रत्ननगरका १ पुरुष र १ महिलमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै नवलपुरका ३ र रौतहट, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार