चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणमा चितवनका १८ सहित अन्य जिल्लाका संक्रमित सहित २१ जनामा संक्रमण देखिएको छ ।
प्रयोगशालाको विवरण अनुसार भरतपुर महानगरपालिकाका ६ जना पुरुष, ६ जना महिला र राप्तीका २ पुरुष र ४ महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै गोरखा, रुपन्देही र नवलपुरका १–१ जनामा कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार