विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । वल्डो मिटरका अनुसार यो समाचार तयार गर्दा सम्म ८ लाख ३ हजार बढि मानिसहरुको मृत्यु भैसकेको छ ।
विश्वभर २ करोड ३१ लख बढि मानिसहरु संक्रमित भएका छन् । यि मध्ये ८ लाख ३ हजार बढिको मृत्यु भएको हो भने, १ करोड ५७ लाख बढि मानिसहरु निको भएका छन् ।
करिब ६६ लाख मानिसहरुको उपचार भैरहेको छ । उनिहरु मध्ये ६२ हजारको अवस्था गम्भिर रहेको छ । निको हुने दर ९५ प्रतिशत रहेको छ भने, ५ प्रतिशतका दरले मानिसहरुले ज्यान गुमाईरहेका छन् ।
सवैभन्दा धेरै अमेरीकामा ५७ लाख ९६ हजार मासिनहरु संक्रमित भएका छन् भने १ लाख ७९ हजारको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १ लाख १३ हजार मानिसको ज्यान गएको छ । भारतमा ५५ हजार बढिको मृत्यु भएको छ ।
रसिया, साउथ अफ्रिका, पेरु, मेक्सिको, कोलम्बियामा संक्रमितहरुको संख्या ५ लाख माथि पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार