शान्ति, सुरक्षा र सामाजिक अनुसासन कायम गर्ने कार्यमा निरन्तर खटिएका राष्ट्रसेवक प्रहरी कर्मचारीहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् ।
पछिल्लो पटक मुलुकका विभिन्न जिल्लाहरुमा प्रहरीहरु समेत संक्रमित हुने क्रम बढेको छ । यसले प्रहरी संगठनमा चिन्ताहरु थपिएका अधिकारीहरुले बताएका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो, मोरङका एक पुरुषको पनि मृत्यु


विवरणहरु अनुसार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४४ जना प्रहरीहरु कोरोना संक्रमित भएका छन् । आज मात्रै थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार देशभरका प्रहरीहरु कोरोनाको उच्च जोखिममा रहेका छन् ।
फन्टलाईनमा खटिनु पर्ने र नागरिकहरुको सेवामा सर्मपित भैराख्नु पर्ने भएकाले पनि प्रहरी थप जोखिममा रहेका उनको भनाईछ । नक्सालका अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने रहेका बताईएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या करिब १ करोड ७२ लाख पुग्यो, ६ लाख ७० हजार बढिको मृत्यु


यता स्याङ्जा जिल्लामा पनि प्रहरी ठुलो संख्यामा प्रहरीहरु संक्रमित भएका छन् । कास्कीमा भने अहिले सम्म नदेखिएको भएपनि जोखिमहरु भने कायमै रहेका प्रहरी अधिकृतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार