नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको हो ।
५ लाख ७९ हजार ८९९ नमुना परिक्षण गरिएकामा ३० हजार बढिलाई संक्रमण देखिएको हो । संक्रमित मध्ये १८ हजार २१४ जना निको भएका छन् भने, १३७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार हाल १२ हजार १३२ जना आइसोलेसनमा रहेका छन् भने १२ हजार २३४ जना क्वारेन्टिनमा रहेका छन् ।
आज मात्रै ८ सय बढिमा संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार