बजारमा बढेको मानिसहरुको अनियन्त्रित भिडले कोरोना महामारी संक्रमणको जोखिम बढेको भन्दै सरोकारवालाहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय देशभरिका मुख्य शहर तथा बजारहरुमा मानिसहरुको भिडभाड बढिरहेको छ । यहिअघि सरकारले घोषित रुपमा लकडाउन अन्त्य गर्नु पुर्व नै बजारमा मानिसहरुको चहल पहल बढिसकेको थियो ।
पछिल्लो पटक नेपालमा कोरोना संक्रमणको दर बढ्नुको एउटा कारण बजारमा मानिसहरुको चहलपहल बढ्नु पनि हो । सरकारले आवाश्यक सावधानि अपनाउन अनुरोध गरेको भएपनि आमरुपमा त्यसको कार्यान्वयन फितलो देखिएको छ ।
पोखरामा पनि अधिंकास बजार पसलहरु खुलेका छन् भने बैक तथा वित्तिय संस्थाहरुमा समेत मानिसहरुको चहलपहल बढ्दो नै छ । यसले थप जोखिमहरु स्वाभाविक रुपमा बढेका स्थानिय अधिकारीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार