आज नेपालमा १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १० हजार ३७५ नमुना परीक्षणमा १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्तमण पुष्टि भएको हो ।

२ र ४ वर्षका बालबालिका सहित चितवनमा थप २८ जनामा कोरोना संक्रमण


यससँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । संक्रमितहरु मध्ये ३७१ जनाको मृत्यु भएको छ । ४० हजार ६३८ जना संक्रमण मुक्त भएका छन् । आज मात्रै १ हजार ६२ जना डिस्चार्ज भएका छन् । देशभर १५ हजार ७७९ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

२ र ४ वर्षका बालबालिका सहित चितवनमा थप २८ जनामा कोरोना संक्रमण


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ११ जनाको ज्यान गएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ७ हजार बढि मानिसहरु क्वारेन्टिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार