नवलपुरको विनय त्रिवेणी नगरपालिकामा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा विनय त्रिवेणी नगरपालिका वडा नं. ६ मा १० जना पुरुष र ३ जना महिला तथा वडा नं. ७ मा ३ पुरुष र २ महिलमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनिहरु ३० देखी ६२ वर्ष उमेर समुहका रहेका छन् । उनिहरु लाई नजिकैको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।
यससंगै प्रदेशमा कुल संक्रमितको संख्या १८४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार