गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा गण्डकीका विभिन्न जिल्लाहरुमा एकै पटक ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसका कारण विश्वभर ९ लाख ३२ हजार बढिको मृ-त्यु


विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकामा ३ जना, तनहुँको शुक्ला गण्डकीमा ८ जना, गोरखाको शहिद लखन थापा गाँउपालिकामा १ जना, लमजुङको बेसिशहरमा १ जना, मनाङको नार्सा गाँउपालिकामा १ जना, स्याङजाको वालिङ नगरपालिका, आँधिखोला गाँउपालिका र पुतलिबजार नगरपालिकामा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ पत्रकार इन्द्र प्रसाद पौडेललाई प्रदान


यस्तै नवलपुरको मध्यविन्दु नगरपालिका, बोदिकाली, गैडाकोट र देवघाटमा गरि २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमतिको संख्या ३१२१ पुगेको छ । यसैबिच गोरखाको बालपाक सुलिकोट ८ की ६३ वर्षीय एक महिलाको विरेन्द्र अस्पताल छाउनीमा मृ-त्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार