पोखरा महानगरपालिकाका ३ जना सहित गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिका वडा नं. ७ का एक पुरुष र एक महिला तथा वडा नं. ८ का एक पुरुषमा कोरोना संक्रमण भएको हो ।
यस्तै भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा नवलपुरको कावासोति नगरपालिका वडा नं. २ की एक महिला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा मध्यविन्दु ४ की एक महिलामा कोरोना संक्रमण भएको हो । उनि कलेज अफ मेडिकल साईन्समा कार्यरत स्वास्थ्यकर्मी रहेको जनाईएको छ ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार