२ जना ट्राफिक प्रहरी सहित आज पोखरा महानगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नं.१७ मा देखिएका २ जना संक्रमितहरु पर्यटक प्रहरी रहेका छन् । उनिहरु २९ र २८ वर्षीय पुरुषहरु हुन् । यस्तै पोखरा ३० की भने ५० वर्षीय महिला रहेको निर्देशनालयले जनाएको छ ।
यस्तै पछिल्लो पटक पोखरा महानगरपालिका वडा नं. १६ का २ जनामा कोरोना संक्रमण भएको हो । ५२ र ६८ वर्षका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार २५ पुगेको छ । उनिहरु मध्ये १ हजार ६७२ जना निको भएका छन् । निको हुनेको दर ८२.६९ रहेको छ । मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार