गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण भएको छ ।
क्षयरोग उपाचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका १२ जना सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नं. ५ का ७ जना, वडा नं. ७, १४ र १६ का १–१ जना र वडा नं. १५ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार