गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै १ हजार ५ सउ ५ पुगेको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँका २ जना, स्याङ्जाका ८ जना, लमजुङ्का ३ जना र बाग्लुङका १ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, आज ३१५ जनामा कोरोना पुष्टि


यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा कास्कीका ६ जनामा कोरोना पुष्टि भएको हो । पोखरा महानगरपालिकाका १ र रुपाँ गाँउपालिकाका ५ जनामा कोरोना संक्रमण भएको हो ।
हालसम्म १२४५ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । २५६ जनाको विभिन्न आईसोलेसनहरुमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार