गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकीमा कुल संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको हो ।

कांग्रेस निकटका वडा अध्यक्षको आरोप, पोखरा महानगरपालिका चरम आर्थिक अनियमितताको दलदलमा


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा कास्कीका २ जनामा कोरोना देखिएको हो । ति मध्ये एक जना मनिपाल शिक्षण अस्पतालका चिकित्सक रहेका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
२९ वर्षीय ति चिकित्सक आज विहानसम्म पनि अस्पतालमा बिरामी उपचारमा खटिएका बुझिएको छ । अर्की एक जना संक्रमित भने ३० वर्षिय महिला रहेको निर्देशनालयले जनाएको छ ।

निरन्तरको वर्षाका कारण देशभरको जनजिवन प्रभावित, पहिरोले कयौ सडक खण्डहरु समेत अवरुद्ध


हलसम्म संक्रमित मध्ये चार जनाको मृत्यु भएको छ भने, १ हजार २ सय १ जना निको भएका छन् । सक्रिय संक्रमित १७६ जनाको जिल्ला स्थित विभिन्न आईसोलेसनहरुमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार