पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत ११ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन्।
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार उनिहरु मध्ये ८ जना कास्कीका, १ जना पर्साका र २ जना भारतका हुन् ।
पोखरा महानगरपालिकाका ३ पुरुष र रुपा गाउँपालिकाका ४ महिला र १ पुरुष डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।
यस्तै पर्साको विरगञ्जका १ पुरुष र भारत विहारका २ जना पुरुषहरु डिस्चार्ज भएका हुन् । उनिहरु यहि साउनको ४, ७, १६, १७, १८, १९ र २३ गते भर्ना भएका थिए ।
उनिहरु विहिबार डिस्चार्ज भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार