विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ लाख नजिक पुगेको छ ।
वल्डोमिटरका अनुसार हालसम्म ७ लाख ९७ हजार बढिको मुत्यु भएको छ । २ करोड २८ लाख ६० हजार बढि संक्रमित भएका छन् ।
१ करोड ५५ लाख १५ हजार बढि निको भएका छन् । ६५ लाख ६७ हजारको उपचार भैरहेको छ ।
६१ हजार ८ सय बढिको अवस्था गम्भिर रहेको छ । ६४ लाख ८५ हजार बढिको अवस्था सामान्य रहेको छ ।
सवैभन्दा धेरै अमेरीकामा ५७ लाख ४६ हजार बढि संक्रमितहरु फेला परेका छन् । ब्राजिल, भारत, रसिया, दक्षिण अफ्रिका, पेरु, मेक्सिको र कोलम्बियामा संक्रमितको संख्या ५ लाख बढि रहेको छ ।
यो भाइरस हालसम्म विश्वका २१५ देशमा फेला परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार