विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण ८ लाख ८७ हजार बढि मानिसहरुको ज्यान गएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ८ लाख ८७ हजार ५५० जनाको मृत्यु भएको हो ।
२ करोड ७२ लाख बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् । हालसम्म १ करोड ९३ लाख ७३ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७० लाख २८ हजार बढिको उपचार भैरहेको छ ।
उनिहरु मध्ये ५९ हजार ९ सय बढिको अवस्था गम्भिर रहेको छ । ६९ लाख ६८ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार