पर्सामा कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी एक युवतीको मृत्यु भएको हो ।
योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्सा कै रहेका छन् । एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यसबाहेक बाराका २ जना र रौतहटका १ जनाको पनि वीरगञ्ज मै उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार