गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण अहिलेसम्म १३ जनाको ज्यान गैसकेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक नवलपुरको विनयत्रिवेणी ६ का ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएपछि गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
कास्कीका ५ जना, स्याङजाका २, गोरखाका २, नवलपुरका, तनहुँ, बाग्लुङ र म्याग्दीका १–१ जनाको मृत्यु भएको छ ।
हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ भने, १७ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार