नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको ९६ पुगेको छ ।
स्वास्थ्य तथ जनासंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९६ पुगेको हो ।
धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीय एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको हो ।
यस्तै अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार