बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
झापाको दमक–३ का ८३ वर्षीय वृद्ध र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
वृद्ध पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
मृतक पुरुषमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या तथा उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्र्गैलाको दीर्घकालीन समस्या थियो ।
महिलामा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार