कोरोना भाइरसको संक्रमणका कारण पर्साको वीरगञ्जमा थप एक जनाले ज्यान गुमँएका छन् ।
वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय ति पुरुषको वीरगञ्ज हेद्यथ केयर कोभिड अस्पतालमा उपचाररत आज दिउ“सो सवा १ बजे मृत्यु भएको हो ।
हिजोदेखी नै अवस्था गम्भिर रहेका उनलाई राति दुईपटक भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ ।
नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको थियो ।
यससंगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार