बुटवलको कोरोना विशेष अस्पतालमा आज विहान एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको विहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
भारतबाट आएर प्युठानको स्थानीय क्वारेन्टिनमा बसेका ती पुरुषमा ज्वारो, खोकी देखिए पछि भदौ १ गते कोरोना विशेष अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उनलाई निमोनिया भएपछि आईसीयूमा राखेर उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालमा जनाएको छ ।
हिजो नै रुपन्देहीको देवदहमा पनि एक पुरुषको कोरोना कारणले मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार