नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हाल सम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको हो ।
आज मात्रै नेपालमा थप ३८१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
देशभरीका प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना मुक्त भएर १५ हजार १ सय ५६ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार