पोखरामा उपचाररत थप एक महिलाको मृत्यु भएको छ ।
तनहुँको व्यास नगरपालिका वडा नं. १० की उनी आईतबार मात्र उपाचारका लागि पोखरा आएकी थिईन् ।
उनलाई निमोनिया र मधुमेह समेत रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
उनको मृत्यु पछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार