नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज त्रिभुवन शिक्षण अस्पताल महराजगञ्जमा बारा जिल्लाको फेटा गाँउपालिका वडा नं. ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनलाई निमोनिया, मस्तिष्कघात र मृर्गौला सम्बन्धि समस्या समेत रहेको मन्त्रालयका प्रवक्ता डा.गौतमले बताए ।

नेपालमा आज १३९ जना कोरोना संक्रमित थपिए, हालसम्म १३ हजार ७५४ बढि डिस्चार्ज


यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको हो । नेपालमा कुल संक्रमित मध्ये १३ हजार ७५४ जना डिस्चार्ज भएका छन्, भने सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ ।
६ जिल्ला कोरोना मुक्त भएका छन् । विभिन्न जिल्लाका क्वारेन्टिनहरुमा १२ हजार बढि मानिसहरु रहेका छन् ।
यता गण्डकीमा कोरोन सक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ । यिमध्ये ४ जनाको मृत्यु भएको छ भने, १२ सय १ जना डिस्चार्ज भएका छन् ।

स्याङ्जाको पुतलिबजार नगरपालिकाका १८ सहित गण्डकीका थप २२ जनामा कोरोना भाइरस पुष्टि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार