नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । पछिल्लो पटक वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमित ७० वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
वीरगञ्ज–६ माईस्थान बस्ने श्याम नारायण वर्णवालको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको हो । एडभान्स अस्पतालमा उपचार गराइरहेका उनलाई श्वासप्रश्वासको समस्या थियो ।

गण्डकी कोरोना अपडेट : कुल १३४५ संक्रमित : १०९१ डिस्चार्ज : २५० आईसोलेसनमा : ४ मुत्यु


गण्डक कोभिड अस्पतालका अनुसार उनको मृत्यु पछि मात्र कोरोना लागेको पुष्टि भएको हो । उनको स्वाब नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गरिएको थियो । यसअघि यता पोखरामा रेष्टुरेन्ट संचालन गर्ने एक चिनियाँ नागरिकको कोरोना कै कारण काठमाण्डौमा निधन भएको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । ति मध्ये अधिकांस निको भएर घर फर्किएका छन् ।

आगामी २४ घण्टाको मौषम पुर्वानुमान : धेरै स्थानमा हल्कादेखी मध्यम हुदै भारि वर्षाको सम्भावना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार