नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण आज एकै दिन १२ जनाको मृत्यु भएको छ ।
मोरङमा २ जनाको मृत्यु भएको छ भने भक्तपर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, जमजुङ र रुपन्देहीमा १–१ जनाको मृत्यु भएको हो ।
मृतकमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।
थप २२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । आज मात्र ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६९ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ भने २० हजार २४२ जना डिस्चार्ज भएका छन् । संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार