चितवनमा ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला गरिएको नमूना परीक्षणमा भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १६ जना छन् ।
यसैबिच चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति मृत्यु भएको थियो ।
भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमा समेत उनको रिपोर्ट पोजेटिभ आएको छ । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार