विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख १९ हजार ५७५ जनाको मृ-त्यु भैसकेको छ । २ करोड ८६ लाख ४८ हजार ४ सय बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।

दुई सुरक्षाकर्मी सहित गण्डकी प्रदेशमा पुनः १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


हालसम्म २ करोड ५ लाख ७४ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७१ लाख ५४ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६० हजार ८ सय बढिको अवस्था गम्भिर रहेको छ । ७० लाख ९३ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।

विद्युत प्राधिकरणमा कुलमानको पुनः नियुक्ती हुने कि नहुने भन्ने विषयको टुंगो शुक्रबार लाग्ने


हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार