आज नेपालमा १ हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १० हजार १७६ नमुना परीक्षणमा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५३१२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।

https://www.googlepokhara.com/inc-nepal-gandaki/
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका ४३१ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जना रहेका छन् । यस्तै मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८–१८ जना, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०–१० जना र पाल्पाका ९ जनामा संक्रमण देखिएको छ ।

लायन्स क्लव अफ पोखरा हिमालयनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन

महोत्तरी र रोल्पाका ८–८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७र७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४–४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३र३, काभ्रे, रुकुम पूर्व र डडेल्धुराका २–२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १र१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार