कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट आइतबार थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौंका ३ जना, मोरङका २ जना र झापा, गोरखा, चितवन, धनुषा र सर्लाहीका एक-एक जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३५४ जना संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार