पोखरा स्वास्थ्इ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौर भक्तिपथका ६२ वर्षीय ति पुरुषको उपचारको क्रममा अस्पतालको आइसोलेशनमा गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले जनाएका छन् ।

मधुमेहका समेत विरामी रहेका उनलाई २ दिनअघि कोरोना पुष्टि भएको थियो । उनी यसअघि सच्चाई मण्डलीको सम्पर्कमा आएका ६ संक्रमित मध्यका एक हुन् ।
प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा यसअघि स्याङजाका २ पुरुषको पनि उपचार कै क्रममा मृत्यु भएको थियो ।
यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार