कोरोना महामारीकार कारण नेपालका ६ जिल्लामा पुर्ण र ७ जिल्लामा आशिंक र्कफ्यु लगाईएको छ । पर्साको वीरगञ्ज महागरपालिकाबाट सुरु गरिएको निषेधाज्ञा अहिले जिल्लाभर लागू गरिएको छ ।
स्थानीय प्रशासन ऐन ०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० अनुसारको अधिकार प्रयोग गरे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरेका हुन् । पर्सासहित बारा, सप्तरी, स्याङ्जा सर्लाही र बाँके जिल्लाभर स्थानीय प्रशासनले निषेधाज्ञाको जारी गरेका छन् ।
यस्तै महोत्तरी, धनुषा, मोरङ, नुवाकोट, झापा, सुनसरी, बझाङ र दार्चुलामा सीमाना तोकेर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।
पछिल्लो पटक देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार