पोखरा, ०१ चैत्र ।
आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूले दिवसमा अवसरमा गोष्ठी, अन्तरक्रिया तथा चेतनामूलक कार्यक्रमहरू गर्दैछन् ।


हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाइने गरिन्छ । सन् १९६२ मार्च १५ मा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले सुरक्षा, सूचना, छनौट र सुनुवाईलाई उपभोक्ताका चार अधिकारमा रूपमा घोषणा गरेको सम्झनामा यो दिवस मनाइने गरिएको छ ।
पछि सन् १९८५ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभाबाट पनि केही बुँदा थपी आठ अधिकारको अनुबन्ध पारित गरिएको थियो । यता उपभोक्ता अधिकार मञ्च कास्की लगायतका सरोकारवालाहरुले पोखरामा पनि विभिन्न कार्यक्रम गर्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार