पोखरा, वैशाख ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्री बजेट छलफल नगरी सरकारले जनप्रतिनिधि र संसद्लाई बाइपास गर्न खोजेको आरोप लगाउदै प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको हो ।


बैठकपछि काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्री बजेट छलफल नगरेर सरकार संसदीय मूल्य मान्यताको विरोधमा जान लागेको बताउनुभयो । प्रमुख सचेतक खाँणले प्री बजेट छलफल गरेर नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट आउनुपर्ने अडानमा कांग्रेस रहेको बताउनुभयो । काग्र्रेसले ओली सरकार निरंशुक बन्दै गएको आरोप लगाएको छ । प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण अंश पत्रकारितामाथि आक्रमण भएको भन्दै खाँणले निरंकुशताको ढाकछोप गर्न पत्रकारमाथि हस्तक्षेप भइरहेको बताउनुभयो ।
संवैधानिक अंगलाई कम्जोर बनाउने काम सरकारबाट भएको खाँणले बताउनुभयो । उहाले भोलीबाट संसदमा कडारुपमा प्रस्तुत हुने र संसदीय शासन पद्धतिलाई अघि बढाउन दवाव दिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार