काठमाण्डौ, चैत्र ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने बिषयमा छलफल गर्न शनिबार बोलाइएको नेपाली काग्रेस केन्द्रिय कार्यसमितिको बैठक स्थगीत भएको छ ।
बैठकका लागी काग्रेसका नेताहरु पार्टी कार्यालय सानेपा पुगेपनि पार्टी सभापति शेर वहादुर देउवा नै बैठकमा नआएपछि बैठक स्थगीत गरिएको हो । पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक बोलाइएको थियो । काग्रेस नेता महेन्द्र यादवले भने केहि बिषयमा थप सहमति खोज्नुपर्ने भएकाले बैठक स्थगीत गरिएको जानकारी दिनुभयो ।


पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । नेता यादवले कार्यसम्पादन समिति गठनका बिषयमा अधिकतम सहमति खोज्ने प्रयास जारी रहने र ठोस सहमति भएपछि अर्को बैठक बस्ने बताउनुभयो ।
यसअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रीय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताइए पनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाउनुभएको थियो । कांग्रेसको अनुशासन समिति, निर्वाचन समिति भने यस अघि नै गठन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार