पोखरा महानगर पालिका वडा न. २४ मा,वडा कार्य समिति काङग्रेसको आयोजनामा नव बर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना आदन प्रदान,चियापान तथा विशिष्ट ब्यक्तिहरुको सम्मान कार्यक्रम सभ्य र भब्य रुपमा समापन भएको छ ।


उत्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सदस्य एवम् नेपाली काङ्ग्रेसका प्रखर वक्ता प्रदिप पौडेल,कास्की काङ्ग्रेस सभापति कृष्ण के.सी,कास्की तरुण सभापती मनोज गुरुङ्ग,नेपाली काङ्ग्रेस नेतृ शारदा पौडेल को साथै तरुण दल,ने वि संघ तथा विभिन्न संघ सस्थामा आबद्ध महानुभाबहरुको उपस्थिति थियो ।कार्यक्रममा स्वागत मन्तब्य गंगा गिरी र बिष्णु तिमिल्सिनाले राखेका थिए

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता प्रदिप पौडेलले नेपालमा जति पनि राजनैतिक उपलब्धी भएका छन, तिनलाई प्रकृयामा लगेर रिजल्ट दिने पाटी नेपाली काङग्रेस भएको बताए । उनी भन्छन “सबै हामीले गरेको भनेर भनेका छैनौ,हामीले नेतृत्व गरेको हो अरु पाटीको सहयोगमा ती सबै सम्बभ भए,हाम्रो नेतृत्वमा संविधान आइसके पछिको पहिलो प्रधानमन्त्री के.पी ओली भइसके पछि जन अपेक्षित काम भइरहेका छैनन । ”

जनता अझै पानीको हाहाकारमा परिरहदा पानी जहाजको कुरा निकालेर जनतालाई मूर्ख बनाउन खोजेको कुरा समेत बताए ।
आफ्नो नेताको बचाउमा वाइड बडी,निर्मला हत्या काण्ड,बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान नै नगरी वकालत गरेको बताए।

कास्की जिल्ला सभापति कृष्ण के.सी. ले काङग्रेस असल प्रतिपक्षको भूमिकामा रहने बताए,उनी थप्छन “कास्किकोटमा यतिका बर्ष एमालेले हालीमुहाली गर्दा पनि बिकासलाई तिब्रता दिन नसक्नु दु:खद हो,सत्ता पक्ष तर्फ इङ्गित गर्दै,यदि तपाईलाई अझै बिकास गर्ने समय पुगेको छैन भने अागामी चुनाबमा हामी उम्मेद्वार नउठाइ छोड्छौ कति बर्ष लाग्छ बिकास हुन भनिदिन पर्यो ।’


कार्यक्रममा बोल्दै नेतृ शारदा पौडेल,वडा सभापति प्रताप कार्की,भरत बहादुर अधिकारी,मनोज गुरुङ्ग,यमनाथ तिमिल्सिना लगायतले आ-आफ्ना तर्क राखेका थिए ।उक्त अबसरमा कास्किकाेटका डाक्टर युवा तथा महिला समूह लाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार