नेपाली कांग्रेस (वीपी) द्धारा काठमाण्डौमा आयोजित एक कार्यक्रममा प्रहरीले गरेको धरपकड प्रति पार्टीले आपत्ति प्रकट गरेको छ ।
पार्टीको जिल्ला कार्यसमिति कास्कीले एक विज्ञप्ती जारी गर्दै लकडाउन र निषेधाज्ञाका कारण जनता भोकभोकै मर्ने अवस्था आएकाले उनिहरुका लागि राहात बाँड्न भिख माग्ने कार्यक्रम आयोजना गरिएकामा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको बताएको छ ।
सोही क्रममा पार्टीका महामन्त्री शुसिलमान शेरचन लगायतका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । कार्यक्रम मर्यादित, अनुसासित र सामाजिक दुरी कायम गरेर संचालन भैरहेको बेला गृहप्रशासनले गरेको दमन प्रति पार्टीले घोर आपत्ति प्रकट गरेको सभापति चन्द्र बहादुर रानाभाटले जनाकारी दिए ।

विज्ञप्तीमा भनिएको छ, “सरकार विषम परिस्थितीका नाममा आफु केहि नगर्ने र जनतालाई विभिन्न वाहानामा घरभित्र भोकभोकै थुन्ने जस्तो अमानविय कार्य लम्ब्याउदै आफु सत्तालिप्सा र आर्थिक अनियमितताको दलदलमा फस्दै गैररहेको छ । ”
जनता प्रति उत्तरदायी एक जिम्मेवार पार्टीका नेता तथा कार्यकर्ता भएका हैसियतले आफुहरु जनताको दुखमा सामेल हुने प्रयत्न गरेको सभापति रानाभाटले बताए । तर, सोही मामलामा सरकार उदासिन बनेको र आफ्ना नेता तथा कार्यकर्ताहरु माथी खनिएको उनले आरोप लगाए ।
पार्टी गिरफ्तार गरिएका नेता कार्यकताहरुको निःशर्त अविलम्ब रिहाईको माग गरेको छ । साथै पार्टीले उनिहरुलाई रिहाई नगरे विरोधका कार्यक्रम सहित सडकमा उत्रने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार