पोखरा, जेठ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस कास्कीले राष्ट्रिय जागरण अभियानका कार्यक्रम थप गरेको छ । नेपाली काँग्रेस कास्कीका सभपाति कृष्ण केसीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीको उपस्थितिमा शनिबार पार्टी कार्यालयमा बसेको बैठकले जागरण अभियानका कार्यक्रम थप गरेको हो । दोस्रो चरणको अभियान जेठ ५ गते बाट शुरु भई जेठ २५ सम्म चल्ने नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले जानकारी दिए । जेठ ५ गते वडा नं. ३१ को आयोजनामा वडा स्तरीय कार्यक्रम, भातृ तथा शुभेच्छुक संस्थाको विशेष कार्यक्रम, जेठ १० गते नेपाल महिला संघ कास्कीको आयोजनामा जिल्लास्तरिय कार्यक्रम, जेठ ११ गते वडा नंं २७ को आयोजनामा वाड स्तरीय कार्यक्रम, जेठ १४ गते नेपाल तरुण दल कास्कीको आयोजनमा तरुण जागरण अभियान र जेठ १५ गते रुपा गाउँपालिका वडा नं. ७ को आयोजनामा वडास्तरिय कार्यक्रम रहेको छ । त्यसैगरी स्थानीय तह अन्तर्गत जेठ १२ गते अन्नपूर्ण गाउँपालिका, जेठ १३ गते माछापुच्छ«े गाउँपालिका, जेठ १६ गते पोखरा महानगरपालिका, जेठ १७ गते मादी गाउँपालिका र जेठ १८ गते रुपा गाउँ पालिका स्तरीय जागरण अभियानका कार्यक्रम सञ्चालन गरिने छ । यस्तै जेठ २५ गते पोखरा–१७ विरौटा राम मन्दिर नजिकै राष्ट्रिय जागरण अभियान अन्तर्गत जिल्लास्तरिय आमसभा गरिने छ ।

यस अघि नेपाली काँग्रेसको केन्द्रीय निति अनुरुपनै नेपाली काँग्रेस कास्कीले प्रथम चरणको जागरण अभियान अन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो । ‘केन्द्रको परिपत्र र निर्देशन अनुरुप पहिलो चरणको जागरण अभियान अन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम उत्साहका साथ समापन भएको छ’, सभापति कृष्ण केसीले भने,‘ पहिलो चरणको अभियान उत्साहजन र पूर्ण सफल भएको छ । अवको कार्यक्रममा पनि यसरीनै सहभागिता जनाईदिन अनुरोध गर्दछु ।’ यसैगरी नेपाली काँग्रेस पोखरा–२२ पुम्दी भुम्दीको आयोजनामा शनिवार जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा सहभागिले पार्टीलाई वलियो बनाउनका लागि केन्द्रीय तहबाटै एक भएर आउन सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता खेमराज पौडेलले पार्टीलाई मजवुद बनाउनका लागि तल्लो तहबाटै खटिनु पर्ने बताए । नेपाली काँग्रेसका महासमिति सदस्य तथा पुम्दी भुम्दीका प्रतिनिधि रामचन्द्र त्रिपाठीले अवको निर्वाचनमा पहिलो पार्टी बनाउन नेता कार्यकर्ता अहिलेबाटै जाग्नु पर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस पोखरा–२२ का सभापति देउकाजी गुरुङ, उपसभापति चेतभक्त बराल, सचिव उमनाथ बराल प्रतिनिधि शुष्मा कार्कीलगायतले बोलेका थिए ।

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले सरकारले हालै ल्याएको मिडिया काउन्सिल बिधेयकप्रति विरोध गर्नुभएको छ । शनिवार काठमाडौंमा ५ वटा पत्रकार संस्थाको संयुक्त पत्रकार संघर्ष समितिले गरेको कार्यक्रममा उहाले सरकारले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताको मर्मविपरित विधेयक ल्याएको बताउनुभयो । उहाले मिडिया काउन्सिल विधेयकबारे बोल्दै यो विषय प्रेस स्वतन्त्रताको कुरा मात्रै नभएर नागरिक अधिकार र अभिब्यक्ति स्वतन्त्रताको पनि विषय भएको बताउनुभयो । बैद्यले सरकारले यसलाई तुरुन्त फिर्ता लिनुपर्ने धारणा राख्नुभयो । वैद्यले जनताका हक अधिकार संसदबाट पुरा हँुदैन भन्ने आफ्नो पार्टीको आस्था रहेको बताउँदै संविधानसभाबाट संविधान बनाउने क्रममा ठूला भनिएका नेता बाहेक अन्य सभासदहरुको कुनै भूमिका नरहेको उल्लेख गर्नुभयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपाली प्रेसले २०४६ सालको आन्दोलन तथा २०६२/०६४ सालको आन्दोलनमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताउँदै सरकारले ल्याएको विधेयक लोकतन्त्र बिरोधी रहेको बताउनुभयो ।


लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको कृषि क्याम्पसमा निशुल्क योग शिविर शनिबारदेखि सुरु भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा स्वास्थ्य जीवन अभियान कार्यक्रम अन्तर्गत नागरिकहरुको स्वास्थ्य प्रवद्र्धन साथै नसर्ने रोगको न्यूनीकरण गर्ने उद्देश्यले शिविर गरिएको हो । तीन दिनसम्म चल्ने योग शिविरको शुभारम्भ लमजुङ जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे र डाक्टर योगी विकासानन्दले गरे । जिल्ला समन्वय समिति प्रमुख पाण्डेले स्वास्थ जीवन र स्वास्थ समाज निर्माण गर्न नियमित योग अभ्यास आवश्यक रहेको बताए । सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले यो कार्यक्रमलाई नगरबासीले अवसरको रुपमा लिएर विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरबाट लाभ लिन अनुरोध गरे । योग शिविरमा प्रमुख प्रशिक्षक डा. योगी विकासानन्दले स्वास्थ रहनको लागि खानपिन, जीवन शैलीमा सुधार र नियमित योग गर्नुपर्ने सुझाव दिएका थिए । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मन्त्रलयका वरिष्ठ कविराज निरीक्षक नवीनकिरण भुसालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार