कर्णाली प्रदेशमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
समाजिक विकास मन्त्रालय कर्णालीका अनुसार पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा सुर्खेतका ११ जना, दैलेखका २ जना, कालिकोटका १ जना, बर्दियाका २ जना र बाँकेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ६९१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार