गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा प्रदेशका विभिन्न जिल्लाहरुमा गरि ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड


निर्देशनालयका अनुसार स्याङ्जाको पुतली बजार नगरपालिकामा ४ जना, कास्कीको पोखरा महानगरपालिकामा २ जना, लमजुङो सुन्दर बजार र बेसिशहर नगरपालिमा १७ जना, तनहुँको भानु नगरपालिकामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा नवलपुरको गैडाकोट, मध्यविन्दु र हुप्सेकोटका ८ जनामा पनि कोरोना देखिएको हो ।

लायन्स क्लव अफ पोखरा हिमालयनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन


पोखरा महानगरपालिका १६ का २० बर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत कर्मचारी हुन भने स्याङ्जको पुतलीबजार ३ का ७६ बर्षीय पुरुष र कास्की पोखरा महानगरपालिका ९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा उपचाररत रहेका छन् । यस्तै लमजुङको सुन्दरबजार ९ का १६ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार