नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
पछिल्लो पटक मोरङको सुनबर्सी नगरपालिका वडा नं. ८ सिक्टीका ४५ वर्षीय एक पुरुषको धरानमा उपचारका क्रममा निधन भएको हो ।
यससंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या करिब १ करोड ७२ लाख पुग्यो, ६ लाख ७० हजार बढिको मृत्यु


विश्वभर भने कोरोना संक्रमितको संख्या करिब १ करोड ७२ लाख पुगेको छ । वल्डोमिटरका अनुसार संसारभरका १ करोड ७१ लाख ९५ हजार बढि मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यि मध्ये ६ लाख ७० हजार बढिको मृत्यु भएको छ भने, १ करोड ७ लाख ५ हजार बढि निको भएका छन् । हाल ५८ लाख १८ हजार बढिको उपचार भैरहेको छ । यिमध्ये ६६ हजार बढिको अवस्था गम्भिर रहेको छ ।

ढोरपाटन नगरपालिका संक्रमण मुक्त, बुर्तिबाङको आइसोलेसन २ मा उपचाररत ३ जना डिस्चार्ज


चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वका २१५ देशमा फैलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार