नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न स्थानहरुमा कोरोना संक्रमणसंग सम्बन्धित मृत्युको संख्या आज ११ पुगेको हो ।
हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३९ पुगेको छ । अहिले १२७ जना संक्रमितहरुको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भैहरेको छ ।
कुल संक्रमितको संख्या ४० हजार नाघेको छ भने, २२ हजार बढि निको भएका छन् । आज मात्र १ हजार बढि संक्रमितहरु थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार