राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज १५ मा सम्पन्न गर्ने गरि सरकारसंग अनुमति मागेको छ ।
सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले सो तयारी थालेको हो । असोज १५ भित्र परीक्षा सम्पन्न गर्ने योजनामा बोर्ड रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठनद्धारा स्वागत


उनले कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य लिईएको र त्यही अनुसार मन्त्रालयसँग अनुमति माग गरिएको बताएका छन् । यसअघि वैशाखमा हुनु पर्ने परिक्षा कोरोना महामारीका कारण रोकिएको थियो ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठनद्धारा स्वागत


सरकारले सोही कारण माध्यमिक शिक्षा परिक्षा यसवर्ष नगर्ने निर्णय समेत गरिसकेको छ । यस्तै कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्यांकन गर्ने अधिकार भने सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय पनि सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार