पोखरा, वैशाख ।
पोखरा महानगरपालिका वडा नम्मर १९ को वडा कार्यालय सहित उक्त क्षेत्रको ४ वटा ठाँउमा एकै रातमा चोरी भएको छ । वडा कार्यालय सहित रत्नराज्य लक्ष्मि मावि, जलेश्वर मन्दिर र स्थानिय बम बहादुर गुरुङको घरमा एकै रातमा नगद सहित केही सामानहरु चोरी भएको स्थानिय दिल बहादुर थापाले बताए । वडा कार्यालयबाट एक थान ल्यापटप चोरी भएको वडा अध्यक्ष शोभामोहन पौडेलले बताए ।


त्यसै गरी बिद्यालयबाट करिब ३५ हजार रुपैया नगद चोरी भएको बिद्यालयका प्राचार्य केशव प्रसाद अम्गाइले बताए । उनले भने “ हामीले प्रदान गर्ने द्धात्रबृत्तिको २ लाख ७६ हजार रकम मध्य केहीलाई छात्रबृत्ति प्रदान गर्न बाँकी रहेको थियो जसमध्य करिब ३५ हजार रुपैया साटेर बिद्यालयमै राखेका थियौं उक्त रकम गएराति चोरी भयो । ” झ्यालबाट रेलिङ निकालेर बिद्यालय प्राचार्यको कार्यकक्ष र एकाउन्टेनको कार्यकक्षमा खोजतलासी गरी चोरले उक्त रकम लगेको प्राचार्य अम्गाइले बताए । छात्रबृत्ति र पुस्तक खरिदको उक्त रकम चोरी भएको हो ।
त्यसै गरी स्थानिय बम बहादुर गुरुङको घरबाट भाडाकुंडा चोरी भएको बताइएको छ । चरेसका केही भाडा बाटोमा भेटिएको थियो भने उनको चाँदीका दुई वटा करुवा चोरले लगेको स्थानियले बताए । त्यसै गरी बिद्यालय देखि करिब एक सय मिटर नजिक रहेको मन्दिरको दानपेटिकामा रहेको रकम समेत चोरी भएको स्थानिय दिल बहादुर थापाले बताए । उक्त दानपेटिमा कति रकम थियो भन्ने कसैलाई जानकारी नभएको स्थानियले जनाए । धेरै समय देखि दानपेटिकाको रकम संकलन नगरेको समेत स्थानियको भनाइ छ ।
एकै रातमा एकै वडाको करिब एक सय देखि एक किलोमिटरको दुरीमा यसरी चोरी हुदा चोरी भएको करिब आगन जस्ती नजिक रहेको प्रहरीको सिआरभिको टोलीले समेत सुइको पाउन सकेन्। पोखरामा यस अघि वडा नम्मर ५, १३, १४, १५ र १६ मा समेत चोरी भएको थियो । गर्मी मौसम सुरु भएसंगै चोरी डकैतीका घटनाहरु बढी हुने गरेको बताउदै कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङले हरेक घर परिवार तथा संघ संस्थालाई आफुनो माल सामानको सुरक्षा गर्न आग्रह गर्दै उक्त घटनामा संलग्न भएकाहरुको खोजी कार्य भइरेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार